पाल्पामा ९ जना जुवाडे पक्राउ, १ सय ६३ बुक तास बरामद
पाल्पा | साउन ११, २०८१
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।
तानसेन नगरपालिका ६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेका थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास बरामद गरेको छ ।
सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

